२०८३ असार ११, बिहीवार

Tag: wada nm16

मुकुन्द रिजाल स्मृति कपको धमाकेदार सुरुवात, उद्घाटन खेलमै वडा–१६ को शानदार विजय

मुकुन्द रिजाल स्मृति कपको धमाकेदार सुरुवात, उद्घाटन खेलमै वडा–१६ को शानदार विजय

खेल, समाचार
काठमाडौं । लैनचौरस्थित खेलमैदान शनिबार केवल फुटबल प्रतियोगिताको उद्घाटनस्थल मात्र बनेन, स्वर्गीय वडा अध्यक्ष मुकुन्द रिजालप्रतिको सम्मान, सम्झना र भावनाको केन्द्रसमेत बन्यो। काठमाडौं महानगरपालिका वडा नं. १६ को आयोजनामा सुरु भएको “वडा स्तरीय स्व. श्री मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” ले खेलकुदसँगै एक असल जनप्रतिनिधिको योगदानलाई पुनः स्मरण गराएको छ। कार्यक्रमको उद्घाटन वडा नं. १६ की अध्यक्ष रोजिना श्रेष्ठले स्वर्गीय मुकुन्द रिजालको तस्बिरमा माल्यार्पण गर्दै तथा पानसमा दीप प्रज्वलन गरेर गर्नुभएको थियो। उद्घाटन समारोहमा स्व. रिजालकी धर्मपत्नी कविता आचार्य रिजाल, उहाँका छोराहरू, परिवारजन, आफन्त तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। उद्घाटन समारोह भावनाले भरिएको थियो। आफ्ना श्रीमानको स्मृतिमा आयोजित प्रतियोगिताले आफू र आफ्नो परिवारलाई अत्यन्तै भावुक बनाएको भन्दै कविता ...