१ असार २०८३, सोमबार

Tag: tuphannews

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको १४औँ स्थापना दिवस उत्साहपूर्ण तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको १४औँ स्थापना दिवस उत्साहपूर्ण तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न

समाचार
काठमाडौं । ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंको १४औँ स्थापना दिवस राजधानीको सानो गौचरनस्थित रानीमहल पार्टी प्यालेसमा भव्य, उत्साहपूर्ण तथा व्यवसायीहरूको उल्लेखनीय उपस्थितिबीच सम्पन्न भएको छ। स्थापना दिवस केवल औपचारिक समारोहमा सीमित नरही व्यवसायीहरूको एकता, व्यवसायको भविष्य, संगठन सुदृढीकरण, व्यवसायिक सुरक्षा र आधुनिकीकरणका विषयमा गम्भीर बहस तथा प्रतिबद्धताको साझा मञ्चका रूपमा परिणत भएको थियो। कार्यक्रमको सञ्चालन संघका महासचिव यमबहादुर श्रेष्ठ (पशुपति) ले गरेका थिए भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष सुनिलकुमार अमात्य ले गरेका थिए। कार्यक्रममा ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष ठुलो बाबु श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने महासंघका वरिष्ठ उपाध्यक्ष अमृतबहादुर श्रेष्ठ तथा महासंघका सल्लाहकार समिति संयोजक निरञ्जनकुमार श्रेष्ठ विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए।...
शिक्षकको मन बुझ्दै माइन्ड प्लस : तनाव व्यवस्थापन तालिमले थप्यो उत्साह

शिक्षकको मन बुझ्दै माइन्ड प्लस : तनाव व्यवस्थापन तालिमले थप्यो उत्साह

शिक्षा, समाचार
काठमाडौं । विद्यालय शिक्षण पाठ्यपुस्तकमा सीमित पेशा होइन, यो मानसिक धैर्यता, भावनात्मक सन्तुलन र निरन्तर जिम्मेवारीसँग जोडिएको क्षेत्र पनि हो । यही यथार्थलाई केन्द्रमा राख्दै मानसिक स्वास्थ्य तथा जीवनोपयोगी शिक्षाको क्षेत्रमा सक्रिय Mind Plus ले शिक्षकहरूको मानसिक सुदृढीकरणका लागि विशेष अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । राजधानीको Honey Bee Montessori School सँगको सहकार्यमा आयोजित एकदिने “कार्यस्थलगत थकान तथा तनाव व्यवस्थापन” सम्बन्धी तालिममा विद्यालयका  शिक्षक तथा कर्मचारी सहभागी भएका थिए । विद्यालयकी प्रिन्सिपल Kamala Ghimire Adhikari ले शिक्षकहरूको मनोबल उच्च राख्ने, उनीहरूलाई पुनर्ताजगी गराउने तथा कार्यक्षमतामा सकारात्मक ऊर्जा थप्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन् । उनका अनुसार विद्यालयमा सिकाइको गुणस्तर बढाउन शिक्षकको मानसिक स्वास्थ्य सुदृढ हुनु अत्यावश्यक पक्ष हो । क...
चक्रपथ सरसफाई अभियानको ४७७औँ हप्तामा साहित्यले जगायो सामाजिक चेतना

चक्रपथ सरसफाई अभियानको ४७७औँ हप्तामा साहित्यले जगायो सामाजिक चेतना

समाचार
काठमाडौं । सडक सफा गर्ने अभियान केवल फोहोर उठाउने कार्य मात्र होइन, समाजको चेतना, संस्कार र जिम्मेवारीलाई उजागर गर्ने आन्दोलन पनि हो भन्ने सन्देश फेरि एकपटक चक्रपथ सरसफाई महाअभियानले दिएको छ। ४७७औँ हप्ताको निरन्तर यात्रामा पुगेको चक्रपथ सरसफाई महाअभियानको अवसरमा आयोजित विशेष कार्यक्रम “सरसफाईमा साहित्य” भव्य रूपमा सम्पन्न भएको छ। वातावरण संरक्षण, सामाजिक उत्तरदायित्व र साहित्यिक चेतनालाई एउटै मञ्चमा जोड्ने उद्देश्यसहित आयोजित कार्यक्रममा साहित्य, समाजसेवा, स्वास्थ्य, व्यवसाय र सञ्चार क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा युवा व्यवसायी सुशिल मोक्तान, दन्त रोग विशेषज्ञ डा. पुष्कर काफ्ले, मिडियाकर्मी तथा सामाजिक अभियन्ता डि.बि. पराजुली, सामाजिक अभियन्ता सुरेन्द्र सेडाई लगायतले समाज रूपान्तरण, सरसफाईको महत्व, नागरिक जिम्मेवारी तथा मानवीय मूल्यहरूलाई समेटेका सिर...
“लैनचौरमा फुटबलको महाकुम्भ: स्व. मुकुन्द रिजालको सम्झनामा १३ वडाको रोमाञ्चक भिडन्त, राजधानी खेलमय बन्ने”

“लैनचौरमा फुटबलको महाकुम्भ: स्व. मुकुन्द रिजालको सम्झनामा १३ वडाको रोमाञ्चक भिडन्त, राजधानी खेलमय बन्ने”

समाचार
काठमाडौं । राजधानी काठमाडौं फेरि एकपटक फुटबलको ज्वरोले तात्ने भएको छ। युवा जोश, प्रतिस्पर्धाको उत्कर्ष र एक समाजसेवी व्यक्तित्वप्रतिको सम्मानलाई एउटै मैदानमा उतार्दै काठमाडौं महानगरपालिका वडा नं. १६ ले “वडा स्तरीय स्व. मुकुन्द रिजाल स्मृति फुटबल प्रतियोगिता–२०८३” आयोजना गर्ने भएको छ। खेलकुदप्रेमीहरूका लागि उत्सुकतापूर्वक प्रतीक्षा गरिएको यो प्रतियोगिता  २०८३ जेठ १० गते बिहान ७ बजे राजधानीको ऐतिहासिक लैनचौर खेल मैदानबाट औपचारिक रूपमा सुरु हुँदैछ। आयोजकका अनुसार उद्घाटन समारोहलाई विशेष, भव्य र स्मरणीय बनाउने तयारी तीव्र रूपमा भइरहेको छ। वर्षौंसम्म समाज, युवा तथा खेलकुद क्षेत्रको विकासमा योगदान पुर्‍याएका स्वर्गीय मुकुन्द रिजालको स्मृतिलाई सम्मान गर्दै आयोजना हुन लागेको यस प्रतियोगिताले खेलकुद मात्र नभई सामाजिक एकता, अनुशासन र सकारात्मक सोचको सन्देश पनि प्रवाह गर्ने अपेक्षा गरिएको छ।...