२०८३ श्रावण १४, बिहीवार

Tag: susma mahara

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय सौन्दर्य सेवा थप सहज हुने

फेसियल हाउसको १२औँ शाखा सितापाइलामा उद्घाटन, गुणस्तरीय सौन्दर्य सेवा थप सहज हुने

अर्थवाणिज्य, समाचार
काठमाडौं । नेपालकै अग्रणी सौन्दर्य सेवा प्रदायक संस्था फेसियल हाउसले काठमाडौंको सितापाइलास्थित अनुपम महलमा आफ्नो १२औँ शाखा औपचारिक रूपमा उद्घाटन गरेको छ। शनिबार आयोजित कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सकी उपाध्यक्ष उर्मिला श्रेष्ठ, सञ्चार उद्यमी शोभा ज्ञवालीलगायतले संयुक्त रूपमा शाखाको उद्घाटन गरेका हुन्। करिब १८ वर्षअघि काठमाडौं मल, सुन्धाराबाट यात्रा सुरु गरेको फेसियल हाउसले सेवा विस्तारलाई निरन्तरता दिँदै देशभर आफ्नो उपस्थिति बलियो बनाउँदै आएको छ। हाल कम्पनीले काठमाडौंसहित पोखरा, सुर्खेत, नेपालगञ्ज, ललितपुर, चितवन, धनगढी र इटहरीमा सेवा प्रदान गरिरहेको छ। साथै काठमाडौं र चितवनमा फेसियल एकेडेमी सञ्चालन गरी सौन्दर्य तथा स्किन केयर क्षेत्रमा दक्ष जनशक्ति उत्पादनमा समेत योगदान पुर्‍याउँदै आएको जनाएको छ। फेसियल हाउसकी संस्थापक सु...
नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी निर्वाचनमा सुष्मा महराको उम्मेदवारीले पायो विशेष चर्चा

नेपाल उद्योग वाणिज्य महासंघ (FNCCI) को आगामी निर्वाचनमा सुष्मा महराको उम्मेदवारीले पायो विशेष चर्चा

समाचार
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनको सरगर्मी बढ्दै जाँदा जिल्ला–नगर महिला कोटातर्फको केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराको उम्मेदवारीले विशेष चर्चा पाएको छ । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) की सचिव तथा चर्चित व्यावसायिक प्रतिष्ठान फेसियल हाउसकी प्रबन्ध निर्देशक महराको उम्मेदवारीलाई महासंघभित्र ‘परिवर्तन र व्यावसायिक कुशलता’को सङ्केतका रूपमा हेरिएको छ । साथै, एफएनसीसीआईको इतिहासमै पहिलोपटक विधानमार्फत महिला कोटा सुनिश्चित गरिएपछि यसपटकको निर्वाचन थप विशेष र ऐतिहासिक समेत बनेको छ । यो ऐतिहासिक अवसरमा जिल्ला–नगर महिला कोटातर्फ केन्द्रीय कार्यकारिणी सदस्य पदमा सुष्मा महराको उम्मेदवारीले देशभरका उद्योगी–व्यवसायीमाझ नयाँ उत्साह र भरोसा जगाएको छ । महिलाको हिम्मत, आत्मविश्वास र मेहनतले असम्भवलाई पनि सम्भव बनाउँछ । जहाँ महिला नेतृत्व...
काठमाडौं उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा अब महासंघको नेतृत्वका लागि मैदानमा

काठमाडौं उद्योग वाणिज्य संघकी सचिव सुष्मा महरा अब महासंघको नेतृत्वका लागि मैदानमा

Breaking News
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आसन्न निर्वाचनका लागि जिल्लातर्फबाट वरिष्ठ सौन्दर्यविद् सुष्मा महराले कार्यकारिणी सदस्य पदमा उम्मेदवारी घोषणा गरेकी छिन् । लामो समयदेखि सौन्दर्य तथा सेवा क्षेत्रमा सक्रिय महराले ‘फेसियल हाउस’ ब्रान्डमार्फत देशभर युनिसेक्स ब्युटी सलुन विस्तार गर्दै करिब ३०० भन्दा बढी महिलालाई प्रत्यक्ष रोजगारी प्रदान गर्दै आएकी छिन् । उनको नेतृत्वमा विकसित उक्त नेटवर्कले महिला उद्यमशीलता प्रवर्द्धनमा उल्लेखनीय योगदान दिएको मानिन्छ । सौन्दर्य व्यवसायसँगै उनले विभिन्न उद्योग–व्यवसायमा समेत लगानी विस्तार गर्दै बहुआयामिक उद्यमीको रूपमा आफूलाई स्थापित गरिसकेकी छिन् । नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके) को कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरेकी महरा हाल सचिवको महत्वपूर्ण भूमिकामा क्रियाशील छिन् । यससँगै विभिन्न पेसागत तथा सामाजिक ...
“महिला योगदान सम्मान” बाट फेसियल हाउसकी प्रबन्ध निर्देशक महरा सम्मानित

“महिला योगदान सम्मान” बाट फेसियल हाउसकी प्रबन्ध निर्देशक महरा सम्मानित

समाचार
काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् (ब्युटीसियन) सुष्मा महरा सम्मानित हुनुभएको छ । फेसियल हाउस सञ्चालन गरी मुलुकमा रोजगारी सृजनाका साथै करमार्फत राज्यलाई अर्थतन्त्रमा टेवा पु¥याउन गर्नुभएको योगदानको कदर गर्दै गृहिणी महिला संघ नेपालले उहाँलाई सम्मान गरेको हो । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा संघले आज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रबन्ध निर्देशक महरासहित १० जना महिलालाई सम्मान गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको बाहुलीबाट उहाँहरूलाई सम्मान गरिएको संघकी अध्यक्ष अमृता शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मानित हुनुहुने अन्य महिलाहरूमा शिक्षातर्फ शिक्षाविद् याङ्किला सी लामा, कलाकार (लोक/परम्परागत गायक) तर्फ झुमा वानेम लिम्बु, कलाकार (टेलिभिजन/चलचित्र) तर्फ लुनिभा तुलाधर र...
बरिष्ट सौन्दर्यबिद महराद्धारा मल्टिन्युट्रेशन प्रालिको शुभारम्भ

बरिष्ट सौन्दर्यबिद महराद्धारा मल्टिन्युट्रेशन प्रालिको शुभारम्भ

स्वास्थ
ललितपुर / नेपालमा युरोपियन मेडिकेटेड ब्युटी प्रडक्टहरूको बिक्रेता मल्टिन्युट्रेशन प्रालिले आफ्नो आउटलेट ललितपुरको मानभवनमा सञ्चालनमा ल्याएको छ । मल्टिन्युट्रेशन प्रालिको आज शनिबार एक विशेष कार्यक्रममार्फत वरिष्ठ ब्युटिसियन सुष्मा महराले रिबन काटेर उद्घाटन गरिन् । उनी नेपालको नम्बर वान फेसियल हाउसकी प्रबन्ध निर्देशक पनि हुन् । मानभवनस्थि एभिन्यु–८८ बिल्डिङको दोस्रो तल्लामा अवस्थित मल्टिन्युट्रेशन प्रालिको उद्घाटन गर्दै कार्यक्रमकी प्रमुख अतिथि समेत रहेकी सुष्मा महराले युरोपियन कन्ट्री पोल्याण्डमा उत्पादन गरिएको प्रडक्टहरू अत्यन्तै फाइदाजनक रहेको बताइन् । ‘म पनि आफू राम्री देखिन मल्टिन्युट्रेशनकै प्रडक्टहरू युज गरिरहेकी छु । उमेरले ४० कटिसकेँ, तै पनि ४० कटेकोजस्तो नदेखियोस् भनेर म ती प्रडक्टहरू प्रयोग गरिरहेकी छु,’ वरिष्ठ ब्युटिसियन महराले भनिन्, ‘मेड इन पोल्याण्डबाट आएका यी प्रडक्टहरू...