
“महिला योगदान सम्मान” बाट फेसियल हाउसकी प्रबन्ध निर्देशक महरा सम्मानित
काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद् (ब्युटीसियन) सुष्मा महरा सम्मानित हुनुभएको छ ।
फेसियल हाउस सञ्चालन गरी मुलुकमा रोजगारी सृजनाका साथै करमार्फत राज्यलाई अर्थतन्त्रमा टेवा पु¥याउन गर्नुभएको योगदानको कदर गर्दै गृहिणी महिला संघ नेपालले उहाँलाई सम्मान गरेको हो । अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा संघले आज काठमाडौंमा आयोजना गरेको विशेष कार्यक्रममार्फत प्रबन्ध निर्देशक महरासहित १० जना महिलालाई सम्मान गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको बाहुलीबाट उहाँहरूलाई सम्मान गरिएको संघकी अध्यक्ष अमृता शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्मानित हुनुहुने अन्य महिलाहरूमा शिक्षातर्फ शिक्षाविद् याङ्किला सी लामा, कलाकार (लोक/परम्परागत गायक) तर्फ झुमा वानेम लिम्बु, कलाकार (टेलिभिजन/चलचित्र) तर्फ लुनिभा तुलाधर र...