९ कार्तिक २०८१, शुक्रबार

Tag: Prakash waeba

सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ सिन्धुलीका प्रकाश वाइबालाई

सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ सिन्धुलीका प्रकाश वाइबालाई

मनाेरन्जन, समाचार
काठमाडौँ । गौतम बुद्ध म्युजिक एण्ड फिल्मस् अवार्ड—२०२४ को ग्राण्ड फिनालेमा सिन्धुलीका प्रकाश वाइबाले सर्वोत्कृष्ट तामाङ गीत गायक बर्ष अवार्ड २०२४ पाउन सफल भएका छन् । प्रतिनिधि सभाकी उप—सभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम बि.एस.के.एक्टिभ नेपाल प्रोडक्सन प्रा.लि.ले राष्ट्रिय नाचघर जमलमा आयोजना गरेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा पूर्व संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री परशुराम तामाङ लगायत समाजसेवी,मिडियाकर्मी तथा कलाकारहरुको बाक्लो उपस्थिति रहेको थियो । “अग्रजलाई सम्मान नयाँलाई प्रोत्साहन,मौलिक गीत संगीतको संरक्षण हाम्रो अभियान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त कार्यत्रममा प्रमुख अतिथि मगर र विशिष्ट अतिथि तामाङले सबै विधामा विजेता भएका कलाकारहरुलाई अवार्ड प्रदान गरेका थिए । तामाङ गायन क्षेत्रमा निक्कै सम्भावना बोकेका गायक वाइबाको “ब्रेल्...