२३ भाद्र २०८१, आईतवार

Tag: ६० किलाे सुन

६० किलो सुन प्रकरणमा २५ जनालाई जेल पठाउने आदेश

६० किलो सुन प्रकरणमा २५ जनालाई जेल पठाउने आदेश

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
काठमाडौँ। जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुवर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । थुनछेक बहस सकिएपछि शुक्रबार जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पुवर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको काठमाडौँ जिल्ला अदालतका सूचना अधिकारी दिपक दाहालले बताए । अदालतले भोजपुर अरुण गाउँपालिका–४का हर्कराज राई, चिनियाँ नागरिकहरु याओ पुचेङ ‘एलेक्स’, केटीबी रेष्टुरेण्ट सञ्चालक टीयान मी, वेन तोङ, एयरपोर्टबाट सुन ओसार्ने डीङ सेग्फा, ली–नेङकाई र ली वेन सुङ्ग लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ । यस्तै, बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्व पक्षका लागि थुनामा पठाउन आदेश भएको छ । यसैगरी कृष्ण कुमार श्रेष्ठ, पुस्करराज भट्टसहित भन्सार एजेन्टहरु राजेन्द्रकुमार राई...