११ श्रावण २०८१, शनिबार

Tag: ५० हजार घरवारविहीन

भुकम्पका कारण ५० हजार परिवार घरवारविहीन

भुकम्पका कारण ५० हजार परिवार घरवारविहीन

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
जाजरकोट ।शुक्रबार राति जाजरकोटको रामीडाँडालाई केन्द्र बनाएर गएको भूकम्पले ५० हजार परिवारलाई बासविहीन बनाएको छ । भूकम्पको धक्काले जाजरकोट  सहित  रुकुम, सल्यान, दाङ,रोल्पा, नवलपरासी पूर्व, दैलेख, बैतडी, जुम्ला, कालीकोट, प्यूठान र अछाममा कुनै न कुनै रूपमा प्रभावित गरेको छ । कच्ची घरहरुमा पुर्ण क्षति पुगेकाे छ भने पक्कि घरहरु पनि चर्कियर बस्न नलायक भयका छन । जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रबिन्दु भएर कात्तिक १७ गते राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसयता झण्डै साढे ६ सय परकम्प मापन भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरकी प्रमुख मोनिका झाले जानकारी दिइन् । सबैभन्दा शक्तिशाली परकम्प भने गत २० गतेको ५.८ म्याग्निच्युडको थियो । उक्त परकम्पको केन्द्र पनि बारेकोट गाउँपालिका-१ रामीडाँडा नै थियो । अझै पराकम्पन आउने क्रम जारी छ , सबै तिर त्रास ...