११ श्रावण २०८१, शनिबार

Tag:

जाजरकोट कुशे वडा न.५ बाल मैत्रि वडा घाेषणा

जाजरकोट कुशे वडा न.५ बाल मैत्रि वडा घाेषणा

Breaking News, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार, स्वास्थ
जाजरकोट । जाजरकोट कुशे गाउपालिका अन्तर्गत वडा न ५ लाई बाल मैत्रि वडा घाेषणा गरियकाे छ । बालबालिकामा लगानी बढाओैं! बालमैत्रि अभियानमा सहभागी बनाै!! भन्ने मुल नाराका साथ वडालाई बाल मैत्रि वडा घाेषणा गरियकाे हाे । सेभ द चिल्ड्रेन , पहाडी क्षेत्र बिकास अभियान जाजरकोट ,युवा जागरण बिकाश केन्द्र (यार्सन) जाजरकोट र कारिताष नेपालकाे साझेदारी तथा वडा न. ५काे आयाेजनामा वडालाई बालबालिका मैत्रि वडाकाे रुपमा घाेषणा गरियकाे हाे।सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचकमध्ये अधिकांश सूचक पूरा गरेसँगै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । निर्देशिकाको अनुसूची ३ मा बालमैत्री स्थानीय शासनका ५१ वटा सूचकहरू तय गरिएको छ । तोकिएको सूचकमध्ये ८० प्रतिशत बढी अंक हासिल गर्ने वडालाई बालमैत्री वडा घोषणा गर्न सकिने निर्देशिकामा उल्लेख छ । यसै अनुरुप...