२० जना उम्मेदवार ७० बर्ष कटेका :
४ मंसिर, काठमाडौं । अहिले भइरहेको चुनावमा प्रतिनिधि सभातर्फ १६५ सिटका लागि २ हजार ४१२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
जसमा १५४५ दलका र ८६७ स्वतन्त्र उम्मेदवार रहेका छन् ।
चुनावी प्रतिस्पर्धामा उत्रनेमा अधिकांश ४० देखि ६० वर्ष उमेर समूहका नेता छन् । साना र स्वतन्त्र उम्मेदवारी दिनेहरु धेरै युवा छन् । तर पुराना र प्रमुख दलबाट भने ४० वर्ष कटेका उम्मेदवारको संख्या ठूलो छ ।
त्यसमध्ये पार्टी प्रमुख र शीर्ष नेताहरु भने ७० वर्ष कटेर पनि चुनावी मैदानमा छन् ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ७० वर्ष कटेका उम्मेदवारमा पर्छन् ।
मुख्य दलमा ७० वर्ष कटेको धेरै उम्मेदवार कांग्रेसका छन् । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, डा.शेखर कोइराला, डा.नारायण खड्का, अ...