११ श्रावण २०८१, शनिबार

Tag: हाेलि पर्व

पाटन दरवार क्षेत्रमा हाेलि उत्सव रङ्ग दलेर आत्मियता साटासाट

पाटन दरवार क्षेत्रमा हाेलि उत्सव रङ्ग दलेर आत्मियता साटासाट

Breaking News, पर्यटन, मनाेरन्जन, राष्ट्रिय, संस्कृति, समाचार
२२ फागुन, काठमाडौं । रंगहरूको पर्व होली काठमाडौं उपत्यकासहित देशका पहाडी भू-भागमा उत्साह र उमङ्गका साथ मनाइएको छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । विभिन्न ठाउँमा विशेष कार्यक्रमको आयोजना गरेर होली मनाइएको हो ।ललितपुरकाे पाटन  दरवार  कृष्णमन्दिर मा  होली विशेष कार्यक्रमको आयोजना गरिएको छ, जहाँ युवायुवतीहरु आपसमा रंग, अबीर दलेर आत्मीयता साटासाट गरिरहेका छन् । पाटन दरवारका कृष्ण मन्दिर नजिकै होली मेला लागेको छ । युवादेखि वृद्धसम्म होलीमा रमाइरहेका छन् भने कोहीले सेल्फी लिइरहेका छन् । पाटन दरवार क्षेत्रमा  होलीमा सधैं जस्तो यसपटक पनि व...