
तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना
काठमाडौं । तामाङ जातिको संस्कार,संस्कृति र मौलिकता जोगाउन हाम्रो सेलोघर स्थापना गरेर सन्चालनमा ल्याईएको छ । एक कार्यक्रम बिच सेलोघरको समुद्घाटन गर्दै हराउँदै गएको संस्कार,संस्कृति र मौलिकतालाई जोगाउन हाम्रो सेलोघर मार्फत बिभिन्न कार्यक्रमहरु ल्याईने जानकारी गराईएको छ ।
तामाङ गीत संगीत क्षेत्रका पहिलो गायक तथा सेलो सम्राटका नामले परिचित चन्द्र कुमार मोक्तानको प्रमुख आतिथ्यतामा हाम्रो सेलो घरको समुद्घाटन तथा हाम्रो सेलोघरको पहिलो प्रस्तुतिको रुपमा ल्याईएको “ घर परिवार छोडी परदेशिनुको पिडा” शिर्षकको फापारे जुहारीको सार्वजानिक गर्ने कार्यक्रम भव्यताको साथ सम्पन्न भएको छ ।
हाम्रो सेलोघरका संचालक तथा नमोबुद्ध न्युजका प्रकाशक छेडुप तामाङको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय तामाङ घेदुङका महासचिव प्रविण कुमार बल, तामाङ डाजाङका फुल कुमार बोम्जन, मोटिभेसनल स्पिकर बिकास देव योन्जन, मिस तामाङ आ...