११ श्रावण २०८१, शनिबार

Tag: हमास

इजरायल र प्यालेस्टिनी हमासबिचकाे २८ दिनकाे लगातार  लडाइँमा परि ६,५०० भन्दा बढिकाे मृत्यु

इजरायल र प्यालेस्टिनी हमासबिचकाे २८ दिनकाे लगातार लडाइँमा परि ६,५०० भन्दा बढिकाे मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, राजनीति, विचार, समाचार
काठमाडौं ।इजरायल र प्यालेस्टिनी हमास बिचकाे १८ दिनदेखि जारी लडाइँमा परी मृत्यु हुनेको संख्या ६ हजार ५०० भन्दा धेरै पुगेको छ। हमासले इजरायलमा ७ अक्टुबरमा एक्कासी आक्रमण गरेपछि इजरायलले युद्ध घोषणा गर्दै जवाफी कारबाही सुरु गरेको थियो । हमासको आक्रमणमा परी १० नेपालीसहित १ हजार ४०० जनाको मृत्यु भएको पुष्टि भएको छ भने इजरायलले गरेको जवाफी कारबाहीमा सर्वसाधारणसहित ६ हजार ५०० भन्दा धेरै मारिएको हमासले जनाएको छ । हमासलाई लक्षित गरी आक्रमण गरेको भनिए पनि यसबाट ठूलो संख्यामा बालबालिकाहरु सहित सर्वसाधारण नागरिकहरु मारिएका अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । हमासका अनुसार इजरायलको हवाई हमलामा परी २ हजार ७०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ । हमासका अनुसार गत २४ घण्टामा ७५६ जनाको मृत्यु भएको छ भने त्यसमा ३४४ जना बालबालिकाहरु छन् । बीबीसीका अनुसार यो संख्या एकैदिनमा मृत्यु भएको...