११ श्रावण २०८१, शनिबार

Tag: सिटिस्क्यान

कार्डियो भास्कुलर हाइब्रिड थिएटर, सिटीस्क्यान सेवा नेपालमा पनि सुचारु ।

कार्डियो भास्कुलर हाइब्रिड थिएटर, सिटीस्क्यान सेवा नेपालमा पनि सुचारु ।

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, विज्ञान प्रबिधि, शिक्षा, समाचार
२४ कात्तिक, काठमाडौं । नेपालमा कार्डियो भास्कुलर हाइब्रिड थिएटर र अत्याधुनिक कार्डियो सिटीस्क्यान सेवा सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो । सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले भने, ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटरबाट एक महिना अगाडिदेखि नै सुरु गरिसकेका छौँ । पाँच सय १२ ‘स्लाइस’को कार्डियो सिटीस्क्यान सेवाका लागि उपकरण जडान भइसकेको छ । सेवा छिट्टै सुरु हुन्छ ।’ के हो त थिएटर ? उनका अनुसार मुटुको शल्यक्रिया र क्याथल्याब उपचार एकसाथ गर्नसक्ने अत्याधुनिक उपकरणलाई ‘कार्डियो भास्कुलर हाइब्रिड थिएटर’ भन्ने गरिन्छ । छाती नखोलीकन सुइका माध्यमबाट मुटुको उपचार गरिने पछिल्लो प्रविधि नै ‘क्याथल्याव’ हो । प्रा डा श्रेष्ठल...