११ श्रावण २०८१, शनिबार

Tag: सहिद विदुर

जाजरकोटमा सहिद विदुर- यु- १९ भलिबल कप संचालन हुने

जाजरकोटमा सहिद विदुर- यु- १९ भलिबल कप संचालन हुने

Breaking News, मनाेरन्जन, शिक्षा, संस्कृति, समाचार
जाजरकोट :जाजरकोटमा अन्डर—१९ भलिबल कप सञ्चालन हुने भएको छ ।आगामी चैत्र २४ गतेदेखि सदरमुकाम खलंगामा सहिद स्मृति यूवा क्लवको आयोजनामा कप सञ्चालन हुने भएको हो । सहिद स्मृति यूवा क्लवले प्रथम सहिद विदुर स्मृति यू —१९ भलिवल कप सञ्चालन गर्न लागेको आयोजक क्लवका अध्यक्ष प्रेमबहादुर विकले बताए । शनिवार खलंगामा पत्रकार सम्मेलनको आयोजना गरी कप सञ्चालन बारे जानकारी गराईएको छ । जिल्लाको खेल क्षेत्रमा टेवा पुर्याउने हेतुले कपको आयोजना गरिएको विकको भनाई छ । सञ्चालनका लागि धेरै तयारी पुरा भएको सञ्चालन समितिका संयोजक विवश विक्रम शाहले बताए । कपमा प्रथम पुरस्कार ५० हजार कप, मेडल र प्रमाण पत्र रहेको छ । अध्यक्ष प्रेम बहादुर बिक का बुवा कर्ण बहादुर  नेपाली (विदुर )काे तत्कालीन जनयुद्धको क्रममा २०५५ सालमा दैलेखको नाैमुले मा सहादत प्राप्त भयकाे थियाे । सहिद विदुर का ३ छाेरा र ३ छाेरी छन ।...