११ श्रावण २०८१, शनिबार

Tag: सयपत्रि फुल

सयपत्री बिक्रीबाटै ८ लाख आम्दानी

सयपत्री बिक्रीबाटै ८ लाख आम्दानी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, संस्कृति, समाचार
१८ कार्तिक । स्याङ्जा  कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमा मात्रै रु आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ। गाउँपालिकाले १५ रोपनी र स्थानीय किसान तथा समूहले ३५ रोपनीमा उत्पादन गरेको सयपत्री फूलका थुङ्गा तथा माला बिक्रीबाट गाउँपालिका र स्थानीय समूह तथा कृषकले आम्दानी लिन सफल भएका हुन्। तिहारलाई लक्ष्य गरी उत्पादन गरिएको फूल गाउँपालिकाले प्रतिकिलो रु दुई सय ५० र कृषक तथा समूहले प्रतिकिलो रु तीन सयका दरले बिक्री गरेको गाउँपालिकाका कृषि अधिकृत अनुप पौडेलले बताए। किसान तथा समूहले फूलका थुङ्गाका अलावा मालासमेत बनाएर बिक्री गरे’, उनले भने, ‘तिहारको अवधिमा किसान तथा समूहद्वारा प्रतिमाला रु ८० देखि रु एक सयका दरले बिक्री भयो।’ यहाँ उत्पादन भएको फूल तथा माला स्थानीय बजारमै अत्यधिक खपत भएको थियो। स्थानीय बजारसँगै बुटवल, पोखरा, काठमाडौँ, दाङ, नवलपुरलगायत ठाउँमा समेत माला खपत भए...