दुग्ध विकास संस्थाका महाप्रबन्धक सञ्जीव झालाई भ्रष्टाचारकाे आराेपमा कालोमोसो
काठमाडौं :माेहन वैद्य किरण नेतृत्वकाे क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट क्रान्तिकारी युवा संगठन नेपालका कार्यक्रताहरुले दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई शुक्रबार बिहान कालोमोसो दलेकाे समाचार प्राप्त भएकाे छ ।
दुग्ध विकास संस्था (डिडिसी)का महाप्रबन्धक सञ्जीव झालाई कालो मोसो किन ? संगठनले केही प्रमाण समेत सार्वजनिक गरेकाे छ ।
१:-दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले ।
२:-डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेकोले ।
३:-इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले
४:-कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको ले ।
५:- किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि म...