११ श्रावण २०८१, शनिबार

Tag: संघीय संसद सचिव

संघीय संसदको सचिवमा पाण्डे र अर्यालकाे नाम सिफारिस

संघीय संसदको सचिवमा पाण्डे र अर्यालकाे नाम सिफारिस

Breaking News, राष्ट्रिय, समाचार
काठमाडौं ।संघीय संसदको सचिव पदमा पदमप्रसाद पाण्डे र डाक्टर सुरेन्द्र अर्याल  को नाम सिफारिस भएको छ । सभामुख देवराज घिमिरे र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले कार्यबाहक राष्ट्रपति रामसहाय यादवलाई भेटेर सचिवको नाम बुझाएका हुन् । संसद सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको सचिवमा पाण्डे र राष्ट्रिय सभाको सचिवमा अर्यालको नाम सिफारिस भएको छ । सचिवको कार्यकाल पाँच वर्षको हुनेछ । संघीय संसदका सचिवको नियुक्ति राष्ट्रपतिले गर्ने व्यवस्था छ । संविधानको धारा १०६ मा संघीय संसदको सचिव सम्बन्धी व्यवस्था छ । जसअनुसार राष्ट्रपतिले सभामुखको सिफारिसमा प्रतिनिधि सभाको सचिव र राष्ट्रिय सभा अध्यक्षको सिफारिसमा राष्ट्रिय सभाको सचिव नियुक्त गर्नेछन् । सचिव पदका सिफारिस भएका अर्याल संसद सचिवालयकै सहसचिव हुन् । पदमप्रसाद पाण्डे महान्यायाधिवक्ताको कार्यालयमा कार्यरत नायब महान्यायधिवक्ता हुन् ।यसअघि संघीय स...