२३ भाद्र २०८१, आईतवार

Tag: श्वेता खड्का

छोरी जन्माएपछि श्वेता खड्काले भनिन् : यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो

छोरी जन्माएपछि श्वेता खड्काले भनिन् : यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो

Breaking News, मनाेरन्जन, शिक्षा, संस्कृति, समाचार, सुचना संचार, स्वास्थ
       अभिनेत्री श्वेता खड्काले आफू आमा हुन पाउनु जीवनको सबैभन्दा ठूलो अवार्ड भएको बताएकी छन्। पहिलो सन्तानका रूपमा मंगलबार छोरीको जन्म दिएकी खड्काले आफू आमा भएर भाग्यमानी नारीको जमातमा सामेल हुन पाएको बताएकी छन्। मेरो दाम्पत्य जीवनमा एउटी सुन्दर, सुशील र अबोध सुपुत्रीको आगमनसँगै जीवनको अर्को पाटो सुरु भएको छ’, खड्काले समामाजिक सञ्जालमा लेखेकी छन्, ‘आज (कात्तिक १५)) बाट मैले  संसारकै सबैभन्दा सुन्दर शब्द ‘आमा’बाट सम्बोधित हुने एउटा भाग्यमानी नारीको जमातमा सामेल हुने मौका पाएकी छु। यो मेरो जीवनको सबैभन्दा ठूलो अवार्ड हो, सबैभन्दा अमूल्य प्राप्ति अनि बहुमूल्य सम्पत्ति हो।’ अभिनेत्री खड्काले मंगलबार काठमाडौंको ग्रान्डी सिटी अस्पतालमा छोरी जन्माएकी हुन्। यसलाई उनले आफ्नो जीवनमा खुसीको अर्को अध्याय थपिएको भनेकी छिन ।...