११ श्रावण २०८१, शनिबार

Tag: शुरेस वाग्ले (बासु)

गाँखु हत्या र वासु– वैरागी सन्दर्भ

गाँखु हत्या र वासु– वैरागी सन्दर्भ

Breaking News, राजनीति, राष्ट्रिय, विचार, संस्कृति, समाचार
नेपाली जनयुद्धसित जोडिएको गोरखाको गाँखु हत्याकाण्डले प्रत्येक बर्सको भाद्र २३ गते नेपाली क्रान्तिकारीहरूलाई झस्काउने गर्दछ । त्यसदिन तात्कालिक शासकको नाङ्गो र गैह्र न्यायिक हत्याको जति भत्र्सना गरे पनि अपुग हुन्छ । नेपाली क्रान्तिकारीहरूले राज्यको बेथिती र ज्यादतीका बिरूद्ध सञ्चालन हुँदै आएको माओवादी आन्दोलनले एउटा उँचाइ लिँदै थियो । माओवादीले आफुसँग भएको सैन्य शक्तिलाई बिस्तार गरेर बिकास गर्दै गएको थियो र भाद्र २३ गते सो प्लाटुनलाई पुर्ण सैन्य फर्मेशनमा घोषणाको तयारिमा थियो । सो घोषणा सभालाई सम्बोधन गर्ने र सहिद परिवारहरूसित भेटघाट गर्ने उद्देश्य लिएर तात्कालिक पार्टी केन्द्रीय वैकल्पिक पोलिटब्युरो सदस्य क सुरेश वाग्ले (बासु), प्लाटुन कमाण्डर भिमसेन पोखरेल (वैरागी) र भर्खर भर्ना भएकी छापामार सदस्य चिजा गर्तौला सहितको टोली गोरखाको भुङ्लिचोकबाट गाँखुतर्फ जाँदै थियो । भदौको याम भएको र भर्खर ...