११ श्रावण २०८१, शनिबार

Tag: शाेक बक्तब्य

भूकम्पबाट निधन भएकाहरूप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

भूकम्पबाट निधन भएकाहरूप्रति नेकपा (बहुमत) द्वारा हार्दिक श्रद्धाञ्जली, घाइतेको उपचार र पीडितलाई तत्काल राहत उपलब्ध गराउन माग

Breaking News, राष्ट्रिय, समाचार
     काठमाडौँ : नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मङ्गलबार राती डोटीको पूर्वीचौकी गाउँपालिका गैरागाउँमा भूकम्पले घर भत्किँदा दुःखद् निधन भएका ठाडागाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहराप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्नुका साथै भूकम्पमा परी घाइते भएका सबैको शीघ्र स्वास्थ्यलाभको अपेक्षा गरेका छन् । प्रवक्ता सुदर्शनले घाइतेहरूको शीघ्रातिशीघ्र उपचार गराउन र भूकम्पले घर भत्काएपछि जाडोमा आगो तापेर रात बिताउन बाध्य पीडितको बसोबास र खानपिनको व्यवस्था मिलाउन सरकारसँग माग पनि गरेका छन् । प्रवक्ता सुदर्शनले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘डोटी जिल्लामा रहेको खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर मङ्गलबार राती ६.६ म्याग्निच्युडको भूकम्प गएको र जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं ३ गैरागाउँमा घर...