११ श्रावण २०८१, शनिबार

Tag: वेपता

२४ वर्ष सम्म वेपत्ता भयका एक ब्यक्ति सम्पर्कमा आय

२४ वर्ष सम्म वेपत्ता भयका एक ब्यक्ति सम्पर्कमा आय

Breaking News, कृषि, पुर्वाधार, राष्ट्रिय, समाचार
जाजरकोट ।जाजरकोटको भेरी नगरपालिका वडा नं.२ तिमीलेका बेपत्ता भनिएका एक व्यक्ति  २४ वर्षपछि सम्पर्कमा आएका छन् । वि.सं. २०५६ देखि हालसम्म बेपत्ता भयका  टिकाराम पुन २४ वर्षपछि सम्पर्कमा आयका हुन । स्थानीय शिक्षक रुद्र बहादुर वलीसँगको भिडियो कलमार्फत सम्पर्कमा आयका पुन हाल ९ लाख रुपैयाँ लगानी गरि आफ्नै स्याउ , आलु बगैंचा र घर बनाइ कृषि पेसामा संलग्न रहि एक्लो जीवन बिताईरहेका छन, ।उनि हाल भारतको उत्तराखण्ड, जिल्ला उत्तरकासी, पोष्ट अफिस–नेटवार, तहसिल–मोरी, गाउँ–गौरादी भन्ने ठाउँमा बस्दै आयकाे खबर छ । पुनको घरमा श्रीमती, दुई छोरा, दुई छोरी छन। आफुले भिडियो कलमार्फत सम्पर्क गरेको र हाल उहाँले उक्त स्थानमा स्याउको बगैंचा तयार गरी कृषी पेसामा जिवन बिताइरहनुभएको जानकारी दिएको शिक्षक वलीले दिनुभयो । वेपत्ता पुन तत्तकालिन नेकपा माओवादीकाे साधारण सदस्य समेत भयकाे र साेहि आराेपमा २०५४ सालमा राज्...