११ श्रावण २०८१, शनिबार

Tag: वलि

दाहाल र ओलीबीच बालुवाटारमा छलफल , राष्ट्रपति निर्वाचन का लागि नेताहरुकाे भेट तिब्र बन्दै

दाहाल र ओलीबीच बालुवाटारमा छलफल , राष्ट्रपति निर्वाचन का लागि नेताहरुकाे भेट तिब्र बन्दै

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं  । राष्ट्रपतिको निर्वाचनको मिति नजिकिँदै गर्दा नेताहरुबीच भेटभाट बाक्लिएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त भेटवार्तामा समसाययिक राजनीतिक परिस्थिति, राष्ट्रपति–उपराष्ट्रपति निर्वाचनका बारेमा छलफल भएको जनाइएको छ । राष्ट्रपति निर्वाचनका लागि मनोनयको दिन नजिकिँदै गर्दा राजनीतिक भेटवार्ता तीव्र भएको छ । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने दाबी गर्दै आएको छ । एमालेले केही दिनअघिसम्म आफ्नै पार्टीको उम्मेदवार हुनुपर्ने बताइरहँदा आइतबार भने ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर पार्टी एकतासहित नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेसँगै राजनीतिक समीकरण एकाएक बदलिँदो अवस्थामा पुगेको छ । यसो गरेका खण्डमा माधवलाई माओवाद...