११ श्रावण २०८१, शनिबार

Tag: लाेकेश बिश्व कर्मा

वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा ! स्मृति

वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा ! स्मृति

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
असोज २२ गते दिउँसो कमरेड लोकेशले फोन गर्नुभयो– दाइ ! हृदयाघातका कारण आमाको निधन भयो । …म जाँदैछु अनन्य कमरेड लोकेशकी ममतामयी आमा, हामी सबैकी आमाको असामयिक निधको खबर सुन्नेबित्तिकै म स्तब्ध भएँ । मेरो गला अवरुद्ध भयो । म अरू केही भन्न नसक्ने अवस्थामा पुगेँ । त्यसपछि कमरेड भीमलाई फोन गरेर जानकारी गराएँ । उहाँसँग कमरेड लोकेशले आमाको स्वास्थ्यमा समस्या आउनेबित्तिकै उपचार गर्ने भनेर पहिला नै सहयोगका लागि सम्पर्क गरिसक्नु भएको रहेछ । केहीबेर आफूलाई संयम तुल्याउँदै पार्टी केन्द्रीय कार्यालयमा खबर गरेँ । असोज २७ गते पार्टी केन्द्रीय कार्यालयले आमाको श्रद्धाञ्जली सभामा मलाई जान निर्देशन गर्यो । लेखक : पूर्णबहादुर सिंह पर्वतको दुग्लुङ गाउँसम्म पुग्नु मेरा लागि पीडा र गौरव भयो । जाजरकोटबाट १५ दिन पैदल हिँडेर पर्वतको त्यही भेगको एक गाउँमा अभियान टोलीको सम्पर्कमा पुगेको थिएँ । करिब १९ व...
फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा..!

फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा..!

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति
काठमाडौँ : फूलमती विकको श्रद्धाञ्जली कार्यक्रममा उनको परिवारका सदस्यले पाँच लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा गरेका छन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माले आमा फूलमती विक र बाबा लक्ष्मण विकको स्मृति र सम्मानमा ‘फूल फाउन्डेसन’ घोषणा गर्दै ५ लाख रुपैयाँको चेक फाउन्डेसनका संयोजक दिलबहादुर सुनारलाई हस्तान्तरण गरे । माओवादी युवा नेता लोकेशले आमाको निधनमा परम्परा र रूढिमा आधारित काजकिरिया नगरी विद्रोह गरेका थिए । असोज २९ गते पर्वत पैयुँखोलामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा परिवारका तर्फबाट गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गर्दै लोकेशले परिवारको साथ–सहयोगमा आमा फूलमती विश्वकर्मा र बाबा लक्ष्मण विश्वकर्माको स्मृति र सम्मानमा स्थापित ‘फुल फाउन्डेसन’ मार्फत ५ लाखको अक्षयकोष घोषणा गरेका हुन् । लक्ष्मण विक पर्वत पैयुँखोलाको वामपन्थी आन्दो...