१९ असार २०८२, बिहीबार

Tag: रेल दुर्घटना

भारतमा रेल दुर्घटना हुदा कम्तिमा १३ जनाकाे मृत्यु भयकाे छ थप विवरण आउन बाकी

भारतमा रेल दुर्घटना हुदा कम्तिमा १३ जनाकाे मृत्यु भयकाे छ थप विवरण आउन बाकी

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
काठमाडौं :भारत महाराष्ट्रको जलगाउँमा बुधबार साँझ भयानक रेल दुर्घटना भएको छ। दुर्घटनामा हालसम्म १३ जनाको मृत्यु भएको छ भने ४० भन्दा धेरै घाइते भएका छन् । दुर्घटनामा नेपाली पनि परेको हुन सक्ने आशंका गरिएको छ । भारतमा रहेका केही नेपालीले उक्त रेलमा ६३ भन्दा धेरै नेपाली समेत सवार रहेको बताएका छन् । यद्यपि, यसबारे आधिकारिक जानकारी आइसकेको छैन । परधाडे रेलवे स्टेशनमा पुष्पक एक्सप्रेसमा आगलागी भएको हल्ला फैलिएपछि यात्रुहरूले रेलबाट हाम्फालेका थिए । यस क्रममा अर्को ट्र्याकबाट तीव्र गतिमा आइरहेको कर्नाटक सम्पर्क क्रान्ति एक्सप्रेसको रेलले धेरैलाई किच्न पुग्यो। दुर्घटनापछि त्यहाँ रुवाबासी र कोलाहल मच्चिएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना भएको स्थानमा ठूलो घुम्ती थियो । सेन्ट्रल रेलवेको भुसावल डिभिजनका आधिकारिक स्रोतलाई उल्लेख गर्दै समाचारमा जनाइए अनुसार घुम्तीका कारण यात्रुहरूले अर्को ट...
भारतकाे बिहारमा रेल दुर्घटना हुदा ६ जनाकाे मृत्युु सयाैं घाइते

भारतकाे बिहारमा रेल दुर्घटना हुदा ६ जनाकाे मृत्युु सयाैं घाइते

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
काठमाडौं ।भारतको बिहारमा रेल दुर्घटना भएको छ । बुधबार राति भएको दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको र १०० जना घाइते भएको पुष्टि भएको छ । दिल्लीको आनन्द बिहारबाट कामाख्या जाँदै गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९ः५३ बजे दुर्घटना भएको थियो । भारतीय सञ्चार माध्यमहरुका अनुसार रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएका छन् । यो दुर्घटनामा एक महिला, उनकी आठ वर्षीया छोरी र अन्य दुई युवाको मृत्यु भएको पुष्टि भएको बिहार प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये केहीको अवस्था गम्भीर छ । उनीहरुको अस्पतालमा उपचार जारी छ । सकुशल रहेका यात्रुहरुलाई भने अर्को रेल पठाएर गन्तव्यसम्म पुर्‍याइएको थियो ।  ...
भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

भारतमा तीर्थयात्री बोकेको रेलमा आगलागी : ९ जनाको मृत्यु

Breaking News, अन्तर्राष्ट्रिय, पुर्वाधार, यातायात, समाचार
काठमाडौं ।भारतको तमिलनाडु राज्यको मदुरै स्टेसननजिकै एउटा रेलमा आगो लाग्दा ९ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार लखनऊबाट तीर्थयात्री लिएर आएको रेलमा आगलागी भएको हो । ५५ जनालाई भने सकुशल उद्धार गरिएको भारतीय अधिकारीहरूले जनाएका छन् । अगस्ट १७ मा लखनऊबाट उक्त रेल रामेश्वरको तीर्थयात्रामा निस्किएको थियो । शनिबार बिहान मदुरै पुगेका तीर्थयात्रीले शुक्रबार नागरकोइलमा रहेको पद्मानभा स्वामि मन्दिरको दर्शन गरेका थिए । प्रत्यक्षदर्शीहरूका अनुसार केही यात्रीले रेलभित्रै सिलिन्डर ग्यासँ प्रयोग गरेर चिया पकाइरहेका थिए । त्यहीँबाट आगलागी भएको हुन सक्ने अनुमान गरिए पनि घटनाको जाँच भइरहेको अधिकारीहरूले बताएका छन् । यसैबीच आगलागीमा मृत्यु भएका व्यक्तिका परिवारलाई भारतीय रेल्वे प्रतिपरिवार १० लाख भारतीय रुपैयाँ राहत उपलब्ध गराउने घोषणा गरेको छ ।   ...