११ श्रावण २०८१, शनिबार

Tag: राेहित ढकाल

नेकपा (बहुमत )का युवा नेता राेहित ढकाल रिहाई पछि सम्मानित :

नेकपा (बहुमत )का युवा नेता राेहित ढकाल रिहाई पछि सम्मानित :

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार
    काठमाडौँ : नेकपा (बहुमत) का युवा नेता रोहित ढकाल तीन वर्षपछि जेलमुक्त भएका छन् । ढकाल जेलमुक्त हुनासाथ नेकपा (बहुमत) को मधेस ब्युरोअन्तर्गत धनुषाले स्वागत अभिनन्दन गरेको छ । उनी २०७६ साल पुस ३ गते सर्लाहीको लालबन्दी बजारबाट गिरफ्तार भएका थिए । उनी यही २३ गते जनकपुरबाट रिहा भएका हुन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समिति सदस्य एवम् धनुषा जिल्ला इन्चार्ज रेखालगायत पार्टी नेताहरूले रोहितलाई खुला आकाश र क्रान्तिकारी आन्दोलनमा स्वागत गर्दै अभिनन्दन गरेका थिए । जेलमुक्त भएपछि नेकपा (बहुमत) का युवा नेता रोहितले रातो खबरसँग कुरा गर्दै आफू निरन्तर क्रान्तिकारी आन्दोलनमा लामबद्ध हुने र संसदीय संशोधनवादलाई घृणा र तिरस्कार गर्ने बताए । उनलाई तत्कालीन सरकारले दर्जनौँ झूट्टा मुद्दा लगाउँदै विभिन्न हिरासत र जेल घुमाएर फसाउने षड्यन्त्र गरेको थियो । तर उनी आस्था, निष्ठा र विचारमा प्...