वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह
विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह गर्नु भनेको फलामको चिउरा चापाएसरह हुँदो रहेछ । रूढिवादी सामाजिक संस्कार–संस्कृतिमा विद्रोह भन्नेबित्तिकै आफ्नै घर–परिवार, आफन्त, नाता–गोता, इष्टमित्र र टोल–छिमेकीहरूसँग विद्रोह गर्नु हो । यो भनेको वर्गीय राज्यसत्तासँगको विद्रोहजस्तो हुँदैन । यो त माओले भन्नुभएझैँ ‘आफ्नो टाउकोमा आफैँ आगो लगाउनु’ जस्तै हो । रूढिवादी संस्कार–संस्कृतिविरुद्ध विद्रोह भनेको अफ्नो टाउकोमा आफैँले आगो लगाएसरह हुँदो रहेछ ।यहाँ थोरै एउटा घटना जोड्न मन लाग्यो; जति बेला मलाई जन्म दिने आमाको निधन भयो त्यति बेला श्रद्धाञ्जली दिनेदेखि दाहसंस्कार र त्यसपछिको कथित सामाजिक संस्कार–संस्कृतिका नाममा परिवार, नाता–गोता, आफन्त, इष्टमित्र र सिङ्ग...