११ श्रावण २०८१, शनिबार

Tag: रामचन्द्र अधिकारी

वरिष्ठ कलाकार रामचन्द्र अधिकारी  काजि साप अस्पताल भर्नाको

वरिष्ठ कलाकार रामचन्द्र अधिकारी काजि साप अस्पताल भर्नाको

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, स्वास्थ
वरिष्ठ कलाकार रामचन्द्र अधिकारी ‘काजी साप’ अस्पताल भर्ना भएका छन् । निमोनियाको समस्याका कारण स्वास्थ्यमा जटिलता देखिएपछि उनलाई परिवारले केही दिन अगाडि चाबहिलको मेडिकेयर अस्पतालको आइसीयूमा भर्ना गराएका हुन् । ६८ वर्षका कलाकार अधिकारीको स्वास्थ्यमा केही सुधार भएका कारण सोमबार आइसीयुबाट साधारण वाडमा सारिएको छ । उनलाई अझै केही दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकले जनाएको हास्य कलाकार गोपाल ढकाल छन्देले बताए । फिल्म तथा सानोपर्दाका चलचित्रको अलावा म्युजिक भिडियो समेत थुप्रै अभिनय गरेका अधिकारी पछिल्लो समय सानोपर्दाका सिरियलमा काजी सापको भूमिकाबाट चर्चित छन् । उनी हरेक नेपाली भाषीको मनमा बसेका कलाकार हुन् । साधारण जीवनशैली उत्कृष्ट अभिनयका कारण उनी चर्चाको शिखरमा छन् । उनको अभिनय जीवन्त हुने गर्दछ ।...