११ श्रावण २०८१, शनिबार

Tag: राजु गुरुङ

रुपन्देही- २ का राजु गुरुङको उम्मेदवारी खारेज

रुपन्देही- २ का राजु गुरुङको उम्मेदवारी खारेज

Breaking News, राजनीति, राष्ट्रिय, विगन्यूज, समाचार, सुचना संचार
काठमाडौँ — रुपन्देही निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेज भएको छ । सर्वोच्च अदालतको शुक्रबारको फैसला अनुसार गुरङको उम्मेदवारी खदारेज भएको हो । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले एकीकृत समाजवादीका राजु गुरुङ कालो सूचीमा परेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चले उनको रिटमा सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । उक्त मुद्दाको न्यायाधीशद्वय ईश्वरी प्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले उम्मेदवारी खारेजीको निर्णयलाई सदर गरिदिएको हो । सर्वोच्च अदालतको आदेशमा भनिएको छ, 'निवेदक राजु गुरुङमा कायम रहेको अयोग्यता निजमा कायम रहेको देखदिँदा निजले प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा उम्मेदवार हुन पाउने अ...