११ श्रावण २०८१, शनिबार

Tag: मुक्ति नाथ समाज

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा पुरस्कार प्रदान

Breaking News, मनाेरन्जन, राष्ट्रिय, शिक्षा, संस्कृति, समाचार
काठमाडौं :मुक्तिनाथ दर्शन साहित्य समाजद्वारा विभिन्न  व्यक्तिलाई पुरस्कृत गरिएको छ । समाजको आयोजनामा नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभाकक्षमा आयोजित कार्यक्रमा शनिबार विभिन्न १७ जना व्यक्ति तथा एउटा संस्थालाई १५ हजार राशिसहित प्रमाणपत्रद्वारा सम्मान तथा पुरस्कृत गरिएको हो । साहित्यकार तथा मुक्तिनाथ दर्शन साहित्य समाजका अध्यक्ष कलानिधि दाहालको सभापतित्वमा आयोजित कार्यक्रमा प्रा.डा.घनश्याम न्यौपाने ‘परिश्रमी’, गान्धीराज काफ्ले, सुनील अधिकारी, तिलकप्रसाद लुइँटेल, राजन सिलवाल, अम्बिकादेवी भण्डारी, गिरिराज डल्लाकोटी, देवीप्रसाद शर्मा पन्थी, चन्द्रप्रसाद न्यौपाने, विनोद दाहाल ‘वत्स’, बाजुराम पौडेल, दुर्गा अधिकारी भमरकोटे, देवराज उपाध्याय, ममता मृदुल, मदनप्रसाद नेपाल तथा बाल प्रतिभा चक्षु भट्टराईका साथ नेपाल वेद विद्याश्रम मावि गौशालालाई पुरस्कृत गरिएको थियो । साहित्यकार तथा पूर्वप्रशासक ग...