११ श्रावण २०८१, शनिबार

Tag: मिलन राई

याेग्य र सक्षम ब्यक्तिलाई त्रिभुवन बिश्वबिद्धालयले ढाेका बन्द गर्याे :अखिल क्रान्तिकारी

याेग्य र सक्षम ब्यक्तिलाई त्रिभुवन बिश्वबिद्धालयले ढाेका बन्द गर्याे :अखिल क्रान्तिकारी

Breaking News, राष्ट्रिय, विचार, शिक्षा, समाचार
काठमाडौँ : क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय संयोजक मिलन राईले योग्य र सक्षम व्यक्तिहरूलाई त्रिभुवन विश्वविद्यालयले ढोका बन्द गरेको बताएका छन् । शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन करारलाई आन्तरिक प्रतिस्पर्धाबाट स्थायी गर्ने त्रिविको पछिल्लो निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको बताउँदै उनले योग्य र सक्षम व्यक्तिहरूलाई विश्वविद्यालयले ढोका बन्द गरेको बताएका हुन् । सङ्गठनको तर्फबाट बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दैं केन्द्रीय संयोजक राईले गत असार १२ गते त्रिवि सभा बैठकले करार शिक्षण सहायक र कर्मचारीहरूलाई जस्केलाबाट स्वतः स्थायी गर्ने कुनियतले शिक्षक कर्मचारी सेवासम्बन्धी नियममा संशोधन गर्ने निर्णय गरेको घटनाप्रति हाम्रो सङ्गठनको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले खोज, अध्ययन र अनुसन्धानको पर्याय बन्नुपर्ने नेपालको सबैभन्दा ठुलो र जेठो ‘...
सिमाक्षेत्रमा हुने भारतिय दादागिरीको प्रतिरोध गरौँ : मिलन राई

सिमाक्षेत्रमा हुने भारतिय दादागिरीको प्रतिरोध गरौँ : मिलन राई

Breaking News, राजनीति, राष्ट्रिय, शिक्षा, सुचना संचार
काठमाडौं, अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष मिलन दाईले भारतिय दादागिरीको प्रतिरोध गर्न अपिल गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकटको विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी) केन्द्रीय अध्यक्ष राईले शनिवार एक प्रेस विज्ञप्ति जारी गर्दैँ सिमाक्षेत्रमा पटकपटक हुने भारतिय हस्तक्षेप र दादागिरीको प्रतिरोध गर्न अपिल गरेका हुन । अध्यक्ष राईद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘हिजो शुक्रबार मात्रै दार्चुला जिल्लाको व्यास गाउँपालिका -०२ दुम्लिङको महाकाली नदि क्षेत्रमा सडक निर्माण कार्यका लागि भारतीय पक्षद्वारा बम विस्फोट गराउदा व्यास गाउँपालिका-२ दुम्लिङका कक्षा ०३ मा अध्ययन गर्ने ०९ वर्षीय बालक पवन महराको मृत्यु भएको छ र केही मानिस घाइते भएका छन । यस घटनाले फेरि भारतीय साम्राज्यवादको असलि चरित्र उदाङ्गो भएको छ । हाम्रो संगठन यस घटनाको कडा निन्दा र भत्सर्ना गर्दछ ।’ त्य...