९ कार्तिक २०८१, शुक्रबार

Tag: मिनिबस

सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

सुर्खेतमा मिनिबस दुर्घटना, दुइजनाकाे घटनास्थलमै ज्यान गयाे, २१ जन घाइते

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, समाचार
सुर्खेत : कर्णाली प्रदेशकाे राजधानी वीरेन्द्रनगरदेखि उत्तरी क्षेत्र पर्ने  कटकुवा क्षेत्रमा भएको मिनी बस दुर्घटनामा परी २१ जना घाइते भएका छन् भने दुई जनाकाे घटनास्थलमै मृत्यु भयकाे छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार घाइते सबै जनाको उद्धार गरी अस्पतालमा पुर्‍याइएको छ । उक्त दुर्घटनामा परी मृत्युु हुनेमा दैलेख डुङगेश्वर गाउँपालिका–६ का २२ वर्षीय भीमसेन राना र बर्दिया ठाकुरबाबा नगरपालिका–३, का ७० वर्षीय शेरबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हाे। हाल मृतक दुवै जनाकाे सव प्रदेश अस्पताल कालागाउमा राखियकाे छ,भने घाईतेहरुकाे विभिन्न अस्पताल हरुमा उपचार भइरहेकाे बताएको छ । दिउँसो १ बजेतिर दैलेखको गमौडीबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०८५२ नम्बरको उक्त मिनिबस एक्कासि ब्रेक फेल भई सडकबाट चार मिटर तल खसेको थियो । घाईते हुनेहरुमा -:जगत थापा (दैलेख, दुल्लु–१३) ...