११ श्रावण २०८१, शनिबार

Tag: माओवादी कम्युनिस्ट पार्टी

चार दलीय सभा कार्तिक २३ मा काठमाडौंमा हुने

चार दलीय सभा कार्तिक २३ मा काठमाडौंमा हुने

Breaking News, चुनाव, राजनीति, राष्ट्रिय, समाचार
 २१ कार्तिक  काठमाडौँ : नेकपा (बहुमत), नेकपा (क्रान्तिकारी माओवादी), नेकपा मशाल र माओवादी कम्युनिस्ट पार्टी नेपालले यही कात्तिक २३ गते बुधबार काठमाडौँमा आयोजना गर्ने चुनाव अवज्ञा/बहिष्कार सभा विशेष हुने भएको छ । चार दलले यसअघि असोज २३ गते– चितवन, असोज २५ गते– सर्लाही, असोज ३१ गते– विराटनगर, कात्तिक २ गते– पोखरा, कात्तिक ४ गते– बुटवल, कात्तिक १७ गते– सुर्खेत र कात्तिक १९ गते– धनगढीमा भव्यतापूर्वक चुनाव अवज्ञा/बहिष्कार सभा र प्रदर्शन गरिसकेका छन् । देशव्यापी आयोजित चुनाव अवज्ञा/बहिष्कार सभाका साथै पर्चा, पम्प्लेटिङ र पोस्टरिङमा संसदीय व्यवस्थाविरोधी, वैज्ञानिक समाजवाद पक्षधर क्रान्तिकारी जनमत अभिव्यक्त भएपछि उत्साहित बनेका वैज्ञानिक समाजवाद पक्षधर चार दलले बुधबारको अवज्ञा/बहिष्कार सभा विशेष महत्वको हुने निष्कर्ष निकालेका छन् । देशव्यापी संसदीय चुनाव अवज्ञा/बहिष्कार सभा आयोजना गर्ने निर्णय...