११ श्रावण २०८१, शनिबार

Tag: मतदान केन्द्र

ललितपुर जिल्लामा  २९० मतदान केन्द्र रहने छन ।

ललितपुर जिल्लामा २९० मतदान केन्द्र रहने छन ।

Breaking News, निर्वाचन, शिक्षा, समाचार
२० कात्तिक, ललितपुर । मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ललितपुरमा २९० मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचन कार्यालय ललितपुरका अनुसार दुई सय ९० मतदान केन्द्रमा एक सय ३१ मतदानस्थल र दुई वटा अस्थायी मतदान केन्द्र छनोट गरिएको छ । ललितपुरमा कूल दुई लाख ५० हजार चार सय १० मतदाता छन् । निर्वाचन कार्यालयसँगको समन्वयमा मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायत अन्य कर्मचारीको व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए । निर्वाचनलाई भयरहित, स्वच्छ, निष्पक्ष बनाउनका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकमा सुरक्षा व्यवस्थापन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक विनोद पोखरेलले बताए ।...