११ श्रावण २०८१, शनिबार

Tag: भिरबाट लडेर घाईते

जाजरकोट भिरबाट लडेर घाईते भयका बिरामिलाई हेलिकप्टरबाट उद्धार

जाजरकोट भिरबाट लडेर घाईते भयका बिरामिलाई हेलिकप्टरबाट उद्धार

Breaking News, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट ।जिल्लाको कुशे गाउँपालिकामा भीर बाट खसेर घाइते भएका एक जना युवकलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ । गाउँपालिकाको वडा नं ७का काली बहादुर सिंहका छाेरा वर्ष २२ का महेन्द्र सिंहको उद्दार गरिएको गाउपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिय । अध्यक्ष बस्नेतका अनुसार सोमबार अपरान्ह ४ बजेको समयमा घाँस काट्न गएका सिंह भीर बाट खसेका थिए । परिवारले खोसतलास गर्दा नभेटिएपछि मंगलबार घाइते अवस्थामा भेटिएका अध्यक्ष बस्नेतले बताए । घाइते सिंहको गाउँपालिकाको पहलमा हेलिकप्टर मार्फत उद्दार गरी नेपालगञ्जमा उपचार भईरहेको छ । जिल्लाको बिकट भुभागमा रहेकाे कुशे गाउँपालिकामा बिगत देखि अफ्ट्यारोमा परेका र जटिल अवस्था का बिरामिहरुलाई गाउँ पालिकाले पहल गरि हेलिकप्टरद्वारा सुर्खेत र नेपालगंज सम्मका लागि उद्धार गर्दै आईरहेकाे छ ।...