११ श्रावण २०८१, शनिबार

Tag: भरतराज गाैतम

संसदका महासचिव गाैेतमले  गुमाए विश्वास

संसदका महासचिव गाैेतमले गुमाए विश्वास

Breaking News, राजनीति, समाचार
२३ मंसिर, काठमाडौं । संवैधानिक इजलासको अन्तरिम आदेशसँगै सर्वोच्च अदालत फर्किने निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको प्रयास असफल भएको छ । साथै उनलाई सर्वोच्च फर्काउन प्रयास गरेका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतममाथि समेत प्रश्न उठेको छ । कर्मचारीतन्त्रमा राम्रो छवि बनाएर महासचिव भएका गौतमले २१ मंसिरमा जबरालाई १ फागुन २०७८ मा दर्ता भएको महाअभियोग निष्प्रभावी भएको पत्र थमाएका थिए । उनको पत्रमा सर्वोच्च अदालतले प्रश्न मात्र उठाएको छैन, बुधबार संवैधानिक इजलासले कार्यान्वयन नगर्न आन्तरिम आदेश नै दिएको छ । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासले संघीय संसदका महासचिवलाई महाअभियोग निष्प्रभावी भएको पत्र लेख्ने अधिकार नभएको बताएको छ । अन्तरिम आदेशमा भनिएको छ, ‘संविधानद्वारा प्रतिनिधि सभालाई प्रदान गरिएको अधिकार महासचिवले प्रयोग गरेकोसम्बन्धी गम्भीर ...