११ श्रावण २०८१, शनिबार

Tag: बामपंथी बिद्यार्थी संगठन

नक्कली भुटानी सरणार्थी प्रकरण बारे बामपंथी बिद्यार्थी हरुकाे साझा मत , सरकारले आलटाल गरे कडा संघर्ष गर्ने

नक्कली भुटानी सरणार्थी प्रकरण बारे बामपंथी बिद्यार्थी हरुकाे साझा मत , सरकारले आलटाल गरे कडा संघर्ष गर्ने

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, शिक्षा, समाचार
काठमाडौं । बामपंथी बिद्यार्थी संगठनका नेताहरुले नक्कली भुटानी सरणार्थी प्रकरणमा  सरकारले झारा टार्ने र दोषी उम्काउने काम गरे कडा आन्दोलन गर्ने विद्यार्थी नेताहरुले चेतावनी दिएका छन् । बिहिबार संवाद डबलीले आयोजाना गरेको कार्यक्रममा बोल्दै पुराना सरकारले जस्तै लेनदेनमा भ्रष्टाचार काण्डहरु सामसुम पार्न दबाब दिने विरुद्ध र सरकारको पक्षमा रहने बताएका छन् । प्रतिपक्ष दल नेकपा (एमाले) निकट अनेरास्ववियुका अध्यक्ष समिक बडालले नक्कली भुटानी शरणर्थी प्रकरणमा सरकारले देखाएको तदारुकताप्रति धन्यबाद दिदै, दोषी देखिएका जो कोहीलाई पनि कारवाही गर्नुपर्ने धारणा राखे । अध्यक्ष बडालले यो प्रकरण मात्रै नभएर भ्रष्टाचार लागायत अन्य विभिन्न प्रकरणका फाइलहरु खोल्नु पर्ने बताउँदै भने,“प्रचण्ड सरकारले गरेको राम्रा कामको लागि स्यालुट र साथ हुन्छ, तर आग्रह र पूर्वाग्रह राखेर निर्दोषलाई ताने विरुद्धमा आन्दोलन गरिन्छ ।”...