११ श्रावण २०८१, शनिबार

Tag: बाटोमै सुत्केरी

बाटाेमै सुरक्षित सुत्केरी

बाटाेमै सुरक्षित सुत्केरी

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार, स्वास्थ
जाजरकोट।जाजरकोट भेरि नगरपालिकाका जनस्वास्थ्य निरीक्षक दिपक वली कार्यालय जानका लागि बिहीवार बिहान अलिक चाँडै घरबाट निस्किए । उनी कार्यालय पुगेर कामकै सिलसिलामा गाउँतिर (कार्यक्षेत्र) जाने योजनामा थिए । बाटो छेउमा पार्किङ गरी राखेको मोटरसाइक नजिक पुग्दा मानिसहरूले हल्ला गरिरहेको र कोही रोइरहेको सुने । उनको ध्यान त्यतै गयो । उनलाई सुरुमा कसैको झगडा परेछ कि भन्ने लागेछ । बाटोबाट केही तल झरेर हेर्दा उनले जे देखे त्यसपछि उनी हतार–हतार आफ्नो कोठामा आए र केही सामग्री लिएर त्यहाँ पुगे । जहाँ, सुत्केरी व्यथाले च्यापेर एक जना गर्भवती बाटोमै राेइरहेकी थिइन् । आफूले लगेका सामग्रीको सहयोगमा उनले बाटैमा उनलाई सुरक्षित सुत्केरी गराए । घटना जिल्ला सदरमुकामकै हो । भेरी नगरपालिका–३ को मुख्य बजार नजिकै । बजारको तलतिर बस्ती छ । त्यही बस्तीकी एक महिलालाई सुत्केरी व्यथाले च्यापेछ । श्रीमान् घरमा नभएको अवस्...