११ श्रावण २०८१, शनिबार

Tag: बयान

पक्राउ परेका पुर्व मन्त्री रायमाझीकाे बयान सकियाे

पक्राउ परेका पुर्व मन्त्री रायमाझीकाे बयान सकियाे

Breaking News, अर्थवाणिज्य, राजनीति, राष्ट्रिय, समाचार
काठमाडौं ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीको बयान सकिएको छ। एमालेका निलम्बित सचिव रायमाझीको बयान सोमबार राति अबेर सकिएको सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता लक्ष्मण घिमिरेले जानकारी दिए। आइतबार साँझ बूढानीलकण्ठबाट पक्राउ परेका टोपबहादुरको बयान सोमबार थालेर त्यही दिन अबेर राति सकिएको हो। उनले सरकारी वकिल लक्ष्मण घिमिरे, न्यायाधीश केशवप्रसाद अधिकारीसँग आफूलाई हर्निया भएको, हिरासतमा प्रहरीले रातभर सुत्न नदिएको बताए। प्रहरी हिरासतबाट बबरमहलस्थित सरकारी वकिलको कार्यालय पुग्दै गर्दा रायमाझीले उपस्थित सबैलाई हात उठाएर अभिवादन गरे र मन्द मुस्कान दिए। प्रहरीले पक्राउ गर्दा पनि उनले देखाएको हाउभाउप्रति सामाजिक सञ्जालमा टिप्पणी भइरहेका छन्।...