११ श्रावण २०८१, शनिबार

Tag: बधाई

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

अफगानिस्तान कम्युनिस्ट पार्टी (माओवादी) द्वारा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई लाई बधाई

Breaking News, अन्तर्राष्ट्रिय, राजनीति, राष्ट्रिय, विचार, समाचार
काठमाडौं।अफगानिस्तान (माओवादी) पार्टी’ केन्द्रीय समितिले नेपालमा नेकपा (बहुमत) र नेकपा (क्रान्तिकारी माओवादी) बीच एकता भएर क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल गठन भएकोमा हार्दिक बधाई ज्ञापन गरेको छ । अफगानिस्तान कम्युनिस्ट (माओवादी) पार्टी केन्द्रीय समितिले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाललाई सम्बोधन गरी मे २६ तारिखको मितिमा पठाएको बधाईपत्रमा यो एकताले विश्वभरिका माओवादीहरूलाई खुसी र प्रेरणा दिनेमा ठूलो अपेक्षा र विश्वास गरिएको उल्लेख छ । बधाईपत्रमा देशको हितमा आधारित यो सिद्धान्तनिष्ठ एकता नेपालको वर्तमान परिस्थितिमा क्रान्तिकारी परिवर्तनका लागि नेपालमा मालेमावादीहरूको अटल प्रतिबद्धता एवम् अथक र इमानदार प्रयासको परिणाम रहेको उल्लेख छ । त्यसैगरी नेपाल कम्युनिस्ट पार्टीको जनसङ्घर्ष र मुख्यतः नेकपा (माओवादी) द्वारा १९९६ देखि २००६ सम्म सञ्चालित विजयी जनयुद्धको गौरवशाली इतिहास रहेको सन्...