११ श्रावण २०८१, शनिबार

Tag: बडिगाड

दुर्गा प्रसाईका बडिगाड हतियार सहित पक्राउ

दुर्गा प्रसाईका बडिगाड हतियार सहित पक्राउ

Breaking News, राष्ट्रिय, विज्ञान प्रबिधि, समाचार
काठमाडौं :सर्वोच्च अदालतबाट स्वचालि हतियारसहित दुर्गा प्रसाईंका बडिगाड दिपक खड्का र राम कुमार धिमाललाई साेमबार बिहान ११ बजे प्रहरीले पक्राउ गरेकाे छ।अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरे, लाइसेन्स प्राप्त हतियार होरहोइन लगायतका विषय अध्ययनकै क्रममा रहेको एसपी अधिकारीले बताए । अहिले घटनाबारे अध्ययनकै क्रममा रहेकाले के कारबाही हुनेरनहुने भन्न नसकिने एसपी अधिकारीको भनाइ छ । मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेशी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत पुगेका थिए । अदालतका मुल गेटमा इन्सपेक्टर विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको थियो । उन...