११ श्रावण २०८१, शनिबार

Tag: फुलमति लक्ष्मण बिक फाउन्डेसन

फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा..!

फूलमती–लक्ष्मण विकको स्मृतिमा ५ लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा..!

Breaking News, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति
काठमाडौँ : फूलमती विकको श्रद्धाञ्जली कार्यक्रममा उनको परिवारका सदस्यले पाँच लाख रुपैयाँको ‘फूल फाउन्डेसन’ घोषणा गरेका छन् । नेकपा (बहुमत) नवौँ महाधिवेशन आयोजक समितिका सदस्य लोकेश विश्वकर्माले आमा फूलमती विक र बाबा लक्ष्मण विकको स्मृति र सम्मानमा ‘फूल फाउन्डेसन’ घोषणा गर्दै ५ लाख रुपैयाँको चेक फाउन्डेसनका संयोजक दिलबहादुर सुनारलाई हस्तान्तरण गरे । माओवादी युवा नेता लोकेशले आमाको निधनमा परम्परा र रूढिमा आधारित काजकिरिया नगरी विद्रोह गरेका थिए । असोज २९ गते पर्वत पैयुँखोलामा आयोजित श्रद्धाञ्जली कार्यक्रममा परिवारका तर्फबाट गरिब तथा जेहेनदार विद्यार्थीका लागि छात्रवृत्ति घोषणा गर्दै लोकेशले परिवारको साथ–सहयोगमा आमा फूलमती विश्वकर्मा र बाबा लक्ष्मण विश्वकर्माको स्मृति र सम्मानमा स्थापित ‘फुल फाउन्डेसन’ मार्फत ५ लाखको अक्षयकोष घोषणा गरेका हुन् । लक्ष्मण विक पर्वत पैयुँखोलाको वामपन्थी आन्दो...