
आर्सनले प्रिमियर लिगमा लुटन टाउनममाथि ४-३ को रोमाञ्चक जित
काठमाडौं :डेक्लान राइसले इन्जुरी टाइमको सातौं मिनेटमा गोल गरेपछि आर्सनलले प्रिमियर लिगमा लुटन टाउनममाथि ४-३ को रोमाञ्चक जित हात पारेको छ ।लुटनको मैदानमा भएको खेलमा गाब्रिएल मार्टिनेलीको गोलमा आर्सनलले २०औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । गाब्रिएल ओसोले २५औं मिनेटमा लुटनका लागि बराबरी गोल फर्काए ।गाब्रिएल जेससले ४५औं मिनेटमा गोल गरेपछि आर्सनलले पहिलो हाफमा अग्रता कायम राख्यो । तर दोस्रो हाफको सुरुमै लुटनले लगातार दुई गोल गरी अग्रता बनायो ।लुटनका एलिजाह एडेबायोले ४९औं मिनेटमा गोल गर्दै खेल बराबरी गरे । यस्तै रोस बार्कलीले ५७औं मिनेटमा गवल गरेपछि लुटनले ३-२ को अग्रता बनायो।
तर त्यो अग्रता लामो समय टिकेन । ६०औं मिनेटमा काइ हाभार्टले जेससको पासमा गोल गर्दै खेल ३-३ को अवस्थामा पुर्याए । त्यसपछि राइसले इन्जुरी टाइममा निर्णायक गोल गर्दै आर्सनललाई ३ अंक दिलाउन भूमिका खेले ।
यस ज...