११ श्रावण २०८१, शनिबार

Tag: प्रशिक्षण

जाजरकोट नेकपा बहुमतकाे प्रशिक्षण कार्यक्रम  सम्पन्न

जाजरकोट नेकपा बहुमतकाे प्रशिक्षण कार्यक्रम सम्पन्न

Breaking News, राजनीति, समाचार
१ फाल्गुन जाजरकोट । नेपाल कम्युनिष्ट पार्टी ( बहुमत) जाजरकोटको प्रशिक्षण कार्यक्रम नलगाड नगरपालिका ५ मा सम्पन्न भएको छ । जिल्ला संयोजक हिमालको अध्यक्षता र पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रदेश ईन्चार्ज संगम को प्रमुख अथितिमा केन्द्रीय सदस्य तथा डोल्पा जाजरकोट जिल्ला ईन्चार्ज धमिल, सल्लाहकार समिति सदस्य हर्क र हरिशको आथित्यतामा उक्त प्रशिक्षण कार्यक्रम सञ्चालन भएको थियो । २८ ओैं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध र विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने शहिदहरु प्रति  श्रद्धाञ्जली तथा उच्च सम्मान  ब्यक्त गर्दै  प्रशिक्षण कार्यक्रम सुचारू  भएको हो । जिल्ला स्तरको उक्त प्रशिक्षण कार्यक्रममा जिल्ला ईन्चार्ज धमिलले वर्तमान परिवेशमा दलाल सत्ताले जनतालाई दुःख र संकटमा पार्दै जाँदा जनताको मेरुदण्ड र सर्वहारा वर्गको अग्रदस्ताको रुपमा पार्टीलाई लिनको निमित्त जनतासंग नियमित जोडिन र जनसम्बन्ध रा...