११ श्रावण २०८१, शनिबार

Tag: प्रधानमन्त्री देउवा

पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको छ : प्रधानमन्त्री देउवा

पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको छ : प्रधानमन्त्री देउवा

Breaking News, अर्थवाणिज्य, पुर्वाधार, राष्ट्रिय, समाचार
२२ मंसिर, धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले पश्चिम सेती परियोजना निर्माणका लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको बताउदै अब काम अघि बढ्नेमा पनि सरकार विश्वस्त रहेको बताए ।देउवाले पश्चिम सेती जलविद्युत र पञ्चेश्वर परियोजना बनेमा सुदूरपश्चिम समृद्ध हुने बताएका छन् । कैलाली उद्योग वाणिज्य संघले धनगढीमा आयोजना गरेको सुदूरपश्चिम महोत्सवको उद्घाटन गर्दै देउवाले पश्चिम सेतीसँगै पञ्चेश्वर परियोजना पनि निर्माण भए सुदूरपश्चिमको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । आयोजकले प्रधानमन्त्री देउवालाई १५ किलोको माला लगाउदै पश्चिम सेती परियोजना निर्माण, गौरीफन्टा नाकालाई अन्तराष्ट्रिय नाकाका रुपमा स्तरोन्नती गर्नुपर्ने समेतका १५ बुँदे मागसमेत राखेको थियो । आयोजकले राखेका माग सम्बोधन गर्न सरकार सकारात्मक भएको बताउँदै देउवाले भारत भ्रमणका क्रममा गौरीफन्टा नाकाको स्तरोन्नतीको विषय...