११ श्रावण २०८१, शनिबार

Tag: प्रतियोगिता

वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा हुने

वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा हुने

Breaking News, खेल, राष्ट्रिय, संस्कृति, समाचार
काठमाडौं ।वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता काठमाडौंमा आयोजना हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको मुख्य सहयोग तथा नेपाल गणतान्त्रिक खेलकुद महासंघ केन्द्रिय समितिको आयोजनामा वीरजङ्ग स्मृति कप खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको हो । खुल्ला राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भदौं २७ देखी ३० सम्म हुने नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव बिनोद चन्द ठकुरीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुने टोलीले ५ लाख,द्वितीय हुने टोलीले २ लाख ५० हजार,तृतीय हुने टोलीले १ लाख र सान्त्वना हुने टोलीले ५० हजार प्राप्त गर्नेछन भने प्रतियोगिता सर्वोत्कृष्ट खेलाडीले २० हजार प्राप्त गर्नेछन-महासचिव चन्दले भने। प्रतियोगितामा उत्कृष्ट स्पाइकर,क्विकर,ब्लकर,सेटर, सर्भर,डिफेन्डर र प्रशिक्षकले समान ५/५ हजार प्राप्त गर्नेछन्।प्रतियोगिता सञ्चालन गर्दा कुल अनुमा...