११ श्रावण २०८१, शनिबार

Tag: पुल बन्ने

जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज पुल बन्ने

Breaking News, पुर्वाधार, यातायात, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :जाजरकोटका दुई स्थानमा तत्काल बेलिब्रिज बन्ने भएका छन् । जिल्लाको नलगाड नगरपालिका- ५ र बारेकोट गाउँपालिका-८ जोड्ने खारा खोला र छेडागाड नगरपालिका-१२ र ५ जोड्ने मनघाट, छेडाखोलामा बेलिब्रिज बन्ने भएका हुन् । मनघाट छेडागाड नगरपालिकाको केन्द्र पनि हो। यी दुई पुलको सामान कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले सोमबार बुझेका छन। अब ती सामान सम्बन्धित क्षेत्रमा पुर्‍याएर जडान गरिने बताएको छ। ढिलोमा अबको ३ महिनाभित्र पुल जडान गरिसक्न मन्त्री सिंहले सम्बन्धित कार्यालयलाई निर्देशन समेत दियका छन। संघीय सरकारले उपलब्ध गराएको यी दुई थान पुलको सामान सडक डिभिजन कार्यालय नेपालगन्जका डिभिजन प्रमुख इन्जिनियर निरज शाक्यले मन्त्री सिंहलाई हस्तान्तरण गरेका छन। यी पुल जडान र ढुवानीको सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्नेछ। यी दुई स्थानमा पक्की पुल बनेपछि बेलिब्रिज सडक ...