११ श्रावण २०८१, शनिबार

Tag: पुर्वाधार कार्यलय

एउटै याेजना दुई कार्यलयबाट भुक्तानी

एउटै याेजना दुई कार्यलयबाट भुक्तानी

Breaking News, अर्थवाणिज्य, राष्ट्रिय, समाचार
जाजरकोट ।जिल्लाको नलगाड नगरपालिका वडा नं. ११ मा पर्ने एउटा सडक, एउटै उपभोक्ता समितिले भुक्तानी दुई कार्यालयबाट लिएको भेटिएको छ । गत आर्थिक बर्ष २०७९/०८० मा राजनीतिक प्रभाव र आर्थिक लेनदेन गरी एउटै सडकमा दुई कार्यालयबाट भुक्तानी दिइएको हो । एउटा नक्कली उपभाेक्ता समिति खडा गरी २०८० असार मसान्तमा हतारहतारमा भुक्तानी लिईयकाे छ। नलगाड नगरपालिका वडा नं. ११ स्थित उखाले तल्लु सडक निर्माण कार्यमा नलगाड नगरपालिका र पूर्वाधार विकास कार्यालय जाजरकोट दुई वटा कार्यालयबाट भुक्तानी लिएको भेटिएको हो । सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०७९ (बाह्रौ संशोधन) ले गरेका व्यवस्था प्रतिकुल हुनेगरी उनै उपभोक्ताहरु रहेकाे समितिबाट एउटै बाटो निर्माणको भुक्तानी दुई सरकारी निकायबाट लिएको पाइएको छ। उपभोक्ता समितिकै एक जना सदस्यले पेटी ठेक्कामा लिएर काम गरेको दुवैतिरबाट भुक्तानी लिएको पाइएकोछ। स्था...