१८ असार २०८२, बुधबार

Tag: पुर्ण बहादुर सिंह

बहस : क्रान्तिकारी कम्युनिस्ट एकता

बहस : क्रान्तिकारी कम्युनिस्ट एकता

राजनीति, शिक्षा, समाचार
१) पृष्ठभूमि : विश्व–कम्युनिस्ट आन्दोलनको विगत गौरवशाली र शिक्षाप्रद् छ । नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासले सकारात्मक र नकारात्मक शिक्षाहरू प्रदान गरेको छ । बेला–बेला नेपालमा कम्युनिस्ट एकताको चर्चा, हल्ला र बहस चल्ने गर्दछ । हिजो एमाओवादी–एमालेको ‘कम्युनिस्ट केन्द्र’ को नारा कर्णप्रिय नै लाग्थ्यो । आज ‘बृहत् कम्युनिस्ट’ एकताको चर्चा र हल्ला चलिरहेको छ । यो पनि लोकप्रिय लाग्छ । क्रान्तिकारी कम्युनिस्ट एकताका खातिर चर्चा र हल्लाले मात्र कम्युनिस्ट एकता सम्भव होला ? कम्युनिस्टहरू विभाजनको कारण के हो ? एकताको आधार के होला ? सात दशक लामो नेपाली कम्युनिस्ट आन्दोलन र करिब दुई शताब्दी लामो विश्व–कम्युनिस्ट आन्दोलनको इतिहास आरोह–अवरोह, उतार–चढाव, टुटफुटमा विभक्त भइरहेको छ । यो स्वयम् कम्युनिस्ट र आमजनताका लागि प्रिय छैन । माक्र्स–एङ्गेल्सले ‘विश्वका मजदुरहरू, एक होऔँ !’ को उद्घोष गर्नुभयो ।...
वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा ! स्मृति

वैज्ञानिक समाजवादको फूल फुलाउनेछौँ– आमा ! स्मृति

Breaking News, पर्यटन, राष्ट्रिय, विगन्यूज, शिक्षा, संस्कृति, समाचार
असोज २२ गते दिउँसो कमरेड लोकेशले फोन गर्नुभयो– दाइ ! हृदयाघातका कारण आमाको निधन भयो । …म जाँदैछु अनन्य कमरेड लोकेशकी ममतामयी आमा, हामी सबैकी आमाको असामयिक निधको खबर सुन्नेबित्तिकै म स्तब्ध भएँ । मेरो गला अवरुद्ध भयो । म अरू केही भन्न नसक्ने अवस्थामा पुगेँ । त्यसपछि कमरेड भीमलाई फोन गरेर जानकारी गराएँ । उहाँसँग कमरेड लोकेशले आमाको स्वास्थ्यमा समस्या आउनेबित्तिकै उपचार गर्ने भनेर पहिला नै सहयोगका लागि सम्पर्क गरिसक्नु भएको रहेछ । केहीबेर आफूलाई संयम तुल्याउँदै पार्टी केन्द्रीय कार्यालयमा खबर गरेँ । असोज २७ गते पार्टी केन्द्रीय कार्यालयले आमाको श्रद्धाञ्जली सभामा मलाई जान निर्देशन गर्यो । लेखक : पूर्णबहादुर सिंह पर्वतको दुग्लुङ गाउँसम्म पुग्नु मेरा लागि पीडा र गौरव भयो । जाजरकोटबाट १५ दिन पैदल हिँडेर पर्वतको त्यही भेगको एक गाउँमा अभियान टोलीको सम्पर्कमा पुगेको थिएँ । करिब १९ व...
जवस/मोर्चा र कम्युनिस्ट पार्टी बिच अन्तरसम्बन्ध :

जवस/मोर्चा र कम्युनिस्ट पार्टी बिच अन्तरसम्बन्ध :

Breaking News, राष्ट्रिय, शिक्षा, सुचना संचार
इतिहासका निर्माता जनता हुन् । आमश्रमिक तथा उत्पीडित जनताको चाहना एवम् शक्तिले मात्र ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । दुनियाँको कुनै पनि शक्तिले आमश्रमिक तथा उत्पीडित जनताका अगाडि घुँडा टेक्न विवश भएको इतिहास सर्वविदितै छ । पेरिस कम्युन र अक्टोबर क्रान्तिपूर्व क्रान्ति एवम् समाजवाद पुँजीवादी डाँकुहरू र विश्वका श्रमिक तथा उत्पीडित जनताका वर्ग–सैतानहरूलाई हवाईकल्पना वा दिवासपना लाग्थ्यो । पेरिस कम्युनले आकाशका विरुद्ध धावा बोल्यो । माक्र्सवादी एवम् कम्युनिस्ट विचार भौतिक शक्तिमा रूपान्तरण भयो । अक्टोबर क्रान्तिको विजयले विश्वको छ खण्डको एक खण्ड विशाल भूभाग पुँजीवादी शोषण, उत्पीडन र घेराबाट मुक्त भई सोभियत सङ्घको जन्म भयो । त्यसले ‘समाजवाद स्वप्नद्रष्टाहरूको मनगढन्ते कुरा होइन, यो त आधुनिक समाजमा उत्पादक शक्तिहरूको विकासको अन्तिम उद्देश्य एवम् अनिवार्य परिणाम हो ।’ (माक्र्स–एङ...