११ श्रावण २०८१, शनिबार

Tag: पुरस्कृत

जुम्लाकी पत्रकार दिलमाया शाही “नेजा ग्रामिण उत्कृष्ट पत्रकारीता पुरस्कार” बाट पुरस्कृत

जुम्लाकी पत्रकार दिलमाया शाही “नेजा ग्रामिण उत्कृष्ट पत्रकारीता पुरस्कार” बाट पुरस्कृत

Breaking News, राष्ट्रिय, संस्कृति, समाचार, सुचना संचार
काठमाडौं ।महिला जागर डटकमकी अध्यक्ष तथा युवा पत्रकार दिलमाया शाही नेजा ग्रामीण उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएकी छन् । जुम्लामा रहेर पत्रकारीता गदै आएकी तथा हाम्रो मिडियाको अध्यक्ष शाहीलाई बिहिवार एक कार्यक्रमकाबीच काठमाडौंमा उक्त पुरस्कारबाट पुरस्कृत गरेको छ । अमेरिकामा रहेका नेपाली सञ्चारकर्मीको साझा संस्था नेपाल–अमेरिका पत्रकार संघ (नेजा) ले प्रदान गरेको हो । शाहीसंगै सिन्धुपाल्चोककी पत्रकार कमला तामाङ ‘पाख्रिन’लाई पनि उक्त पुरस्कारबाट पुरस्कृत गरेको छ । दुबै जना पत्रकार सन् २०२२ को नेजा पुरस्कारबाट पुरस्कृत भएका हुन् । दिलमाया शाही (जुम्ला, कर्णाली प्रदेश, सन्धान अनलाइन) र कमला तामाङ ‘पाख्रिन’ (सिन्धुपाल्चोक, बागमती प्रदेश, कान्तिपुर टेलिभिजन) लाई संयुक्त रूपमा पुरस्कार प्रदान गरेको नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । पुरस्कृत पत्रकार शाही र तामाङ...