११ श्रावण २०८१, शनिबार

Tag: पशुपतिनाथ

पशुपतिको जलहरीमा आधा किलो सुन कम

पशुपतिको जलहरीमा आधा किलो सुन कम

Breaking News, अर्थवाणिज्य, पर्यटन, पुर्वाधार, राष्ट्रिय, विज्ञान प्रबिधि, संस्कृति, समाचार
काठमाडौं ।पशुपतिनाथ मन्दिरको जहलहरीमा आधा केजी सुन कम पाईएको छ । जलहरीका सन्दर्भमा विवाद उत्पन्न भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हिजो (आईतबार) जलहरीको नापजाँच गरेको थियो । पशुपतिको जलहरीमा कूल एक सय सात केजी ९५३ ग्राम सुन हुनुपर्नेमा आधा केजी सुन कम पाइएको हो । पशुपतिको जलहरीको नापजाँचमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग र नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिहरू पनि आयोगको टोलीमा संलग्न रहेका थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा पशुपतिमा सुनको जलहरी राख्दा अनियमितता भएको कुरा केही समय अगाडि संसदमा उठेको थियो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले जलहरी प्रकरणमा आफूहरुले छिट्टै धारणा सार्वजनिक गर्ने बताए । ‘उक्त छानविनमा हाम्रो महासंघको तर्फबाट पनि प्रतिनिधिहरु सहभागी थिए । यस बारेमा हामी छिट्टै आधिकारिक धारणा सार...