११ श्रावण २०८१, शनिबार

Tag: पशुपंक्षि

भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

भुकम्पले दश कराेड पशुपंक्षीमा क्षति पुर्‍यायाे

Breaking News, अर्थवाणिज्य, कृषि, पुर्वाधार, राष्ट्रिय, शिक्षा, समाचार
जाजरकोट :कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पबाट दश करोड रुपैयाँ बराबरको पशुपंक्षी क्षति भएको जनाएको छ । कर्णाली प्रदेशको कृषि मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार भूकम्पबाट सबैभन्दा ठूलो क्षति पशु गोठमा पुगेको छ । एक हजार पाँच सय ५३ गोठ भत्कँदा किसानको पाँच करोड ५० लाख क्षति भएको तथ्याङ्क छ ।त्यस्तै, गाई बाख्रा, भैँसी, बङ्गुरलगायतका पाँच सय १३ पशु चौपायाको क्षति दुई करोड ५० लाख बराबर छ । त्यस्तै, जाजरकोटका एक सय ५२ घरका एक हजार ४८ माहुरीको घार नष्ट हुँदा एक करोड १९ लाख माहुरी र महमा क्षति भएको छ । त्यसैगरी, ८८ मेट्रिक टन खाद्य नष्ट हुँदा ३८ लाख रुपैयाँ बराबरको क्षति भएको तथ्याङ्क छ ।घर भत्किएपछि एक सय वर्गमिटरमा पाल टाँगेर बस्दा एक सय ८२ हेक्टर जमिनको गहुँतोरीमा क्षति पुगेको र त्यसबाट चार सय ८० मेट्रिक टन खाद्य उत्पादन कमी आएको तथ्याङ्कमा उल्लेख छ । भारतबाट कमाएर ल्याउने जनशक्ति...